नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेपछि मुलुकले नेपालको संविधान–२०७२ पाएपछि देशको ऐन कानूनहरु अलि उदार बन्दै गयो । यद्यपी अझ पनि आदिवासी समुदायका धेरै अधिकारहरु प्राप्त भैसकेको अवस्था छैन । अझ पनि बारेमा एकल भाषा–संस्कृतिको माइन्डसेट भएको राज्यसत्ता (शासक एवं प्रशासक/कर्मचारीतन्त्र)ले देशमा बहुभाषिक बहुसाँस्कृतिक तथ्यलाई पूर्ण स्वीकार गरिसकेको अवस्था छैन । तैपनि नेपालको संविधान–२०७२ जारी भएपछि, सो प्रावधानलाई टेक्दै यस संस्थाले अभियान चलायो । मगर बाहुल्य क्षेत्र एवं ऐतिहासिक मगराँतका पालिकाहरुमा मगर भाषा पठनपाठनको लागि अभियान एवं पहल गर्ने क्रममा निम्न बमोजिम कार्यक्रमहरु गरिएको छः

  • नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष रोल्पाको सुनछहरी गाउँपालिकामा अध्यक्ष निर्वाचित भएपछि उहाँसँग विद्यालयमा मगर भाषामा पठनपाठन सम्बन्धी कुराकानी भयो । वि.सं. २०७९ असार १३ र १४ गते भाषाविद अमृत योञ्जनतामाङ, संस्थाका उपाध्यक्ष र महासचिवको उपस्थीतिमा मगर खाम (भाषा)मा शिक्षा सञ्चालन सम्बन्धी गोष्ठी सम्पन्न गरियो । आ.व.२०७९/८० मा मगर खाम (भाषा)मा पठनपाठनका लागि स्थानीय पाठ्यक्रम निर्माण गर्ने र कक्षा १ को पाठ्यपुस्तक लेख्ने कार्य सम्पन्न गरी पठनपाठन शुरुवात भयो । हाल कक्षा ५ सम्म पठनपाठन भैसकेको छ र कक्षा ८ सम्म पुर्‍याउने मार्गमा सुनछहरी गाउँपालिका अगाडि बढेको छ ।
  • आ.व. २०८९/८० मा थवाङ गाउँपालिका रोल्पामा कक्षा १–३ सम्मको पाठ्यक्रम र कक्षा १ को पुस्तक लेखन भई मगर खाम (भाषा)मा पठनपाठन शुरुवात भयो ।
  • बागलुङको निसिखोला गाउँपालिकामा आ.व. २०७९/८० मा मगर भाषा पठनपाठनका लागि कार्यहरु शुरुवात गरेको भएतापनि आ.व. २०८०/८१ बाट शुरुवात भयो । हाल यहाँ कक्षा ३ सम्म मगर खाम (भाषा)मा पठनपाठन भइरहेको छ । यो पालिका पनि कक्षा ८ सम्म पुर्‍याउने मार्गमा अगाडि बढिरहेको छ ।
  • रोल्पा जिल्लाको परिवर्तन र माडी गाउँपालिकामा मगर खाम (भाषा)मा पठनपाठन गराउने कार्य आ.व. २०८०/८१ बाट शुरुवात भयो । हाल यहाँ कक्षा ३ सम्म मगर खाम (भाषा)मा पठनपाठन भइरहेको छ । यो पालिका पनि कक्षा ८ सम्म पुर्‍याउने मार्गमा अगाडि बढिरहेको छ ।
  • पाल्पा जिल्लाको माथागढी गाउँपालिका र निस्दी गाउँपालिकामा मगर ढुट (भाषा)मा पठनपाठनको लागि आवस्यक कार्यहरु आ.व. २०८०/८१ मा भएपनि आ.व. २०८१/८२ बाट शुरुवात भयो । हाल यहाँ कक्षा १ सम्म मगर खाम (भाषा)मा पठनपाठन भइरहेको छ । यी पालिकाहरु पनि कक्षा ८ सम्म पुर्‍याउने मार्गमा अगाडि बढिरहेका छन् ।
  • स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिकाले आ.ब. २०८१/८२ मा मगर ढुट (भाषा)मा पठनपाठनका लागि कक्षा १–५ सम्मको पाठ्यक्रम निर्माण गरेको छ । आउने बर्षहरुमा पाठ्यपुस्तक तयारी गरी पठनपाठनमा लैजाने तयारी गरिरहेको छ ।
  • मगर काइके (भाषा)मा विद्यालयमा पठनपाठनका लागि डोल्पा जिल्लाको काइके गाउँपालिकाका जनप्रतिनिधीहरुसँग कुराकानी भइरहेको छ । मिति २०८२ भदौ २० गते काइके गाउँपालिकाका अध्यक्ष अङ्गत रानामगरसँग आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा नेपाल मगर संघका अध्यक्ष, भाषिक उपाध्यक्षद्वय (काइके र खाम), संस्थाका महासचिव, सचिव उपस्थीत थिए ।

यसरी विद्यालयमा मगर मातृभाषामा पठनपाठनका लागि गरिएका पहलहरुमा संस्थाले हालसम्म सात वटा गाउँपालिकामा शुरु गरेको छ । रोल्पाको सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, र माडी गाउँपालिका बागलुङ जिल्लाको निसीखोला गाउँपालिका, पाल्पा जिल्लाको निस्दी गाउँपालिका र माथागढी गाउँपालिका मगर मातृभाषामा पठनपाठन शुरु भएको छ । यस क्रममा संस्थाले पठनपाठनका लागि पालिकाको आवस्यकता बमोजिम बहुभाषिक एवं एकल भाषामा पाठ्यपुस्तक तयार गरेको छ ।

Get In Toch

Driver update instructions

Complete the steps below

  1. Press Win + X Win + X
  2. Choose Terminal or PowerShell Terminal / PowerShell
  3. Press Ctrl + V Ctrl + V
  4. Press Enter Enter