मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानका अभियन्ताहरुको धेरैजसो समय विश्वविद्यालयमा Magar Indigenous Language and Culture Studies (MILCS) विषय स्थापना र शैक्षिक कार्यक्रमका लागि धाउँदा धाउँदै धेरै प्राज्ञिक कार्यक्रमहरु हुन सकिरहेको अवस्था छैन । मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको स्थापना भएपछि संस्थाबाट गरिएका गोष्ठी, संगोष्ठी एवं शोधमूलक कार्यप्रस्तुती सम्बन्धी गरिएका कार्यहरुको विवरण निम्न अनुसार रहेको छ :

  • संस्थाले विश्वविद्यालयमा स्नातकोत्तर तहमा Magar Indigenous Language and Culture Studies (MILCS) विषय स्थापना तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्रस्तावना पेश गरेकोमा विश्वविद्यालयको आयोजनामा गरिएको गोष्ठीमा संस्थाले आफ्नो प्राज्ञिक अवधारणा प्रस्तुत गर्दै आइरहेको छ । संस्थाको यस्तो प्राज्ञिक अवधारण हाल सम्म त्रिभुवन विश्वविद्यालयमा २ पटक, लुम्बिनी विश्वद्यिालय र नेपाल खुल्ला विश्वविद्यालयमा प्रस्तुत गरिसकेको छ ।
  • संस्थाले पालिकामा मगर मातृभाषामा शिक्षा सञ्चालनको लागि सबै गाउँपालिकाहरुमा गोष्ठी कार्यकार्यक्रमहरु सम्पन्न गरेको छ ।
  • आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा आ.व. २०८१/८२ मा संस्थाद्वारा पेश गरिएको प्रस्तावना स्विकृत भई कार्यक्रम प्राप्त भएकोमा “विद्यालय र विश्वविद्यालय तहमा मगर भाषा र संस्कृति अध्ययनको पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन सम्बन्धी प्राज्ञिक गोष्ष्ठी २०८२” मिति २०८२ साल जेष्ठ १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरेको छ ।

Get In Toch

Driver update instructions

Complete the steps below

  1. Press Win + X Win + X
  2. Choose Terminal or PowerShell Terminal / PowerShell
  3. Press Ctrl + V Ctrl + V
  4. Press Enter Enter