मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको एउटा मुख्य उद्देश्यमा शोधकार्यमा आधारित पुस्तक, जर्नल लगायतका विषयवस्तुहरुको प्रकाशन गर्ने भन्ने पनि रहेको छ । मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको स्थापना भएपछि संस्थाबाट प्रकाशन गरिएका सामग्रीहरुको विवरण निम्न अनुसार रहेको छः
- डा. विष्णुकुमार सिङ्जालीको “आदिवासी मगरका विविध पक्षहरू” नामक पुस्तक वि.सं. २०८० पुस महिनामा दोस्रो संस्करणको प्रकाशन गर्यो ।
- नेपाल मगर संघ केन्द्रीय समितिद्वारा मिति २०७९/०९/१३ गते एक पत्र पठाई मगर जातिको थर उपथरहरूको अध्ययन गरि प्रतिवेदन पेश गर्नका लागि अनुरोध गरेकोमो सो कार्य गरी महासचिवले पोखरा, काठमाडौं लगायतका विभिन्न ठाउँमा प्रतिवेदन प्रस्तुत गरेर अन्तिम प्रतिवेदन संस्थाले बुझाएकोमा नेपाल मगर संघले यो प्रतिवेदन २०७९ फाल्गुन १४ गते आदिवासी जनजाति आयोगमा बुझाइएकोमा सो प्रतिवेदन हालसम्म प्रकाशनमा नभएकोले सो प्रतिवेदनको समसामयीक सुधार गरी पुस्तकको रुपमा प्रकाशनको लागि तयारी चलिरहेको छ ।
- पालिकाहरुद्वारा तयार पारिएका मगर मातृभाषाका पाठ्यपुस्तक, स्थानीय पाठ्यक्रम प्रकाशनको लागि प्राविधीक सहयोग संस्थाले गर्दै आएको छ ।

