मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको स्थापना भएपछि संस्थाले गरेको गतिविधीका आधारमा निम्न बमोजिमको उपलब्धीका कार्यहरु भएको छ :

  • मगर समुदायको तर्फबाट वि.सं. २०७६ सालमा नै नेपाल खुल्ला विश्वविद्यालयमा शुरुवात गरिएको पहलकदमीलाई संस्थाले पुनः पहलकदमी लियो । यस संस्थाका अभियन्ताहरु १५० पटक भन्दा बढी विश्वविद्यालमा पुगे र पदाधीकारहरुसँग भेटघाट, अपडेट लिने कार्य गरे । राज्यका निकाय एवं राजनैतिक लबिङ गरे । संस्थाद्वारा स्नातकोत्तर तहमा Magar Indigenous Language and Culture Studies (MILCS) विषय स्थापनाका लागि लबिङ गरिएको थियो । तर, स्नातक तहमा (Magar Studies) विषय स्थापना हुनपुग्यो । यसरी नेपाल खुल्ला विश्वविद्यालयमामा वि.सं. २०८१ को हिउँद शत्रमा स्नातक तहमा एउटा मुख्य विषयको रुपमा मगर अध्ययन (Magar Studies) विषय स्थापना भई सञ्चालनमा आएको छ ।
  • संस्थाद्वारा विद्यालयमा मगर मातृभाषामा पठनपाठनका लागि गरिएका पहलहरुमा हालसम्म सात वटा गाउँपालिकामा पठनपाठन भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, र माडी गाउँपालिका बागलुङ जिल्लाको निसीखोला गाउँपालिका, पाल्पा जिल्लाको निस्दी गाउँपालिका र माथागढी गाउँपालिका मगर मातृभाषामा पठनपाठन शुरु भएको छ । यस क्रममा संस्थाले पठनपाठनका लागि पालिकाको आवस्यकता बमोजिम बहुभाषिक एवं एकल भाषामा पाठ्यपुस्तक तयार गरेको छ ।
  • नेपाल मगर संघ केन्द्रीय समितिद्वारा मिति २०७९/०९/१३ गते एक पत्र पठाई मगर जातिको थर उपथरहरूको अध्ययन गरि प्रतिवेदन पेश गर्नका लागि अनुरोध गरेकोमो सो कार्य गरी महासचिवले पोखरा, काठमाडौं लगायतका विभिन्न ठाउँमा प्रतिवेदन प्रस्तुत गरेर अन्तिम प्रतिवेदन संस्थाले बुझाएको प्रतिवेदन २०७९ फाल्गुन १४ गते आदिवासी जनजाति आयोगमा बुझायो ।
  • डा. विष्णुकुमार सिङ्जालीको “आदिवासी मगरका विविध पक्षहरू” नामक पुस्तक वि.सं. २०८० पुस महिनामा दोस्रो संस्करणको प्रकाशन गर्‍यो ।
  • नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा आ.व. २०८१/८२ मा संस्थाका महासचिवद्वारा पेश गरिएको प्रस्तावना स्विकृत भई कार्यक्रम प्राप्त भएकोमा “विद्यालय र विश्वविद्यालय तहमा मगर भाषा र संस्कृति अध्ययनको पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन सम्बन्धी प्राज्ञिक गोष्ष्ठी २०८२” मिति २०८२ साल जेष्ठ १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरियो ।

Get In Toch

Driver update instructions

Complete the steps below

  1. Press Win + X Win + X
  2. Choose Terminal or PowerShell Terminal / PowerShell
  3. Press Ctrl + V Ctrl + V
  4. Press Enter Enter